ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा भएको मगर दम्पत्तिको विभत्स हत्या प्रकरणमा अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन । घटनाको थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली घटनास्थलमा आउने भएको छ ।
पौष १४ गते भदौरेका करिब ६० वर्षिय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगर आफ्नै घरमा हत्या भएको अवस्थामा मृत फेला परेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले प्रारम्भिक अनुसन्धान जारी राख्दै कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट तालिम प्राप्त कुकुरसमेत प्रयोग गरी अनुसन्धान गरेको थियो ।
तर घटनाको यति दिन बितिसक्दा पनि कुनै ठोस सुराक फेला नपरेपछि थप अनुसन्धानका लागि सिआइबीको टोली झिकाइएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमपछि मृतक दम्पत्तिको शव आफन्तले बुझिसकेका छन् । अब सिआइबीको टोलीमार्फत फरक कोणबाट सूक्ष्म रुपमा अनुसन्धान प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।

प्रतिक्रिया