ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ बौद्धडाँडास्थित सिद्धिचरण लोकमार्गमा मोटरसाइकलको ठक्करबाट ११ वर्षीय बालक घाइते भएका छन् ।
आइतबार बिहान ओखलढुंगाबाट हर्कपुरतर्फ जाँदै गरेको ०१६ प ८६३७ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा स्थानीय टेकराज पुन मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए ।
घाइते बालकलाई तत्काल उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका–२१ बोटेवाल निवासी राम दंगोलले घाइतेको उपचारका लागि सहयोग गरेको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया