ओखलढुंगा विपद् व्यवस्थापन समाजको अध्यक्षमा गुरु केदार बराल निर्विरोध निर्वाचित भएका छन् । पोकली झरना सेवा समाजका संस्थापक समेत रहेका र सामाजिक अभियानमा सकृय बरालले विपद् व्यवस्थापन समाजको नेतृत्व गर्ने अवसर पाएका हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, महासचिव सम्झना प्रेमी, सचिव इन्धिरा निरौला, कोषाध्यक्ष सङ्गीता तामाङ, सदस्यहरूमा अधिवक्ता सुरेन्द्र बोगटी, नेपाली कांग्रेसका नेता कुमार लुइँटेल, प्रदेशसभा सांसद बाबुराम गौतम, सिताराम बानिया, कृष्ण थापा र जेन–जी अभियान्ता किशोरी कार्की छन् ।
लोककृष्ण भट्टराईको अध्यक्षतामा सम्पन्न समाजको साधारण सभामा पूर्वमन्त्री राम कार्की, समाजसेवी विष्णु ढुंगेल, कुलबहादुर कार्की, दीपक कटुवाललगायतको उपस्थिती थियो ।
सभाले जिल्लामा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने निर्णय गरेको छ ।
लिलाबहादुर श्रेष्ठ

प्रतिक्रिया