विद्युत सर्ट भएर खिजीदेम्बामा एक घर जल्याे

भिजन समाचार
78
Shares

ओखलढुंगाको खिजीदेम्बामा आगलागी हुँदा २५ लाख बराबरको क्षति भएको छ ।
जिल्लाको खिजिदेम्बा गाउँपालिका–४ बिकर्फु निवासी खेम बहादुर सुनुवारको घरमा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।


बुधबार बिहान विद्युत सर्ट भएर आगलागी हुँदा सुनुवारको ढुङ्गा–माटोले बनेको, ढुङ्गाको छानो भएको दुई तले घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात जलेर नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट मानवीय तथा पशुचौपायामा भने कुनै क्षति भएको छैन ।