ओखलढुंगामा बाख्रापालनलाई व्यवसायिक र आधुनिक बनाउने उद्देश्यले बाख्रापालक किसानलाई तीन दिने प्रविधिमुखी तालिम दिईएकाे छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईको आयोजनामा सुरु भएको तालिममा आधुनिक व्यवस्थापन, रोग रोकथाम, गोठ व्यवस्थापन, बीमा, घाँस उत्पादनलगायत १२ विषयमा सैद्धान्तिक तथा व्यवहारिक सिकाइ दिइँदैछ ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि टेकराज भट्टराईले कृषि क्षेत्रलाई आधुनिक बनाउने क्रममा यस्ता सीपमूलक तालिम अत्यन्त प्रभावकारी हुने बताए । प्रशिक्षण इकाईका निमित्त वरिष्ठ कृषि अधिकृत हेमबहादुर आलेमगर, भेटेरिनरी कार्यालयका गणेश भट्टराई, डा. निरोज माझीलगायतले प्रदान गर्दैछन् ।
बाख्रा जोनअन्तर्गत सिद्धिचरण, मानेभन्ज्याङ, चम्पादेवी, सुनकोशी र चिशंखुगढीका २० जना कृषक तालिममा सहभागी छन् ।

प्रतिक्रिया