ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ रातमाटेमा अपाङ्गता भएका व्यक्तिलाई सीपमूलक तालिम प्रदान गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित समावेशी विकास (CBID) कार्यक्रमको आयोजनामा र गाउँपालिकाको समन्वयमा गत मंसिर ६ देखि ११ गतेसम्म बाँस तथा चोयाबाट सामग्री उत्पादन सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।
(CBID) चिशंखुगढीका टोली संयोजक प्रेम जिसाका अनुसार तालिममा सहभागीहरुलाई बाँसबाट दराज, ¥याक, मुढा लगायत उपयोगी सामग्री बनाउने सीप प्रदान गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको उनले बताए ।
तालिममा नौ पुरुष र एक महिला गरी १० जना सहभागी भएका थिए, जस मध्ये नौ जना अपाङ्गता भएका व्यक्ति थिए । उनीहरूको आर्थिक अवस्था सुधार गर्दै सामाजिक सहभागिता बढाउने लक्ष्यसहित तालिम कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
परियोजनाले सीपमूलक तालिमका साथै पशुपालन, खोर सुधार, मौसमी–वेमौसमी तरकारी खेती, उद्यमशीलता विकास तथा जीविकोपार्जन तथा उत्पादनसँग सम्बन्धित विभिन्न कार्यक्रम समेत संचालन गर्दै आएको छ ।

प्रतिक्रिया