ओखलढुंगाका उत्कृष्ट चारजना कृषक सम्मानित

भिजन समाचार
188
Shares

‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका साथ बिहीबार जिल्लामा ४५औँ विश्व खाद्य सुरक्षा दिवस विभिन्न कार्यक्रमसहित मनाइयो । यस अवसरमा कृषिमा उत्कृष्ट योगदान पु¥याउँदै आएका चार जना अगुवा कृषकलाई सम्मान गरिएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाको आयोजनामा सम्पन्न दिवस विशेष कार्यक्रममा चार जना कृषकलाई जनही पाँच हजार रुपैयाँसहित सम्मान–पत्र प्रदान गरिएको सहायक बागवानी विकास अधिकृत टिका बानियाले जानकारी दिए । बानियाका अनुसार व्यवसायिक रूपमा कृषि कर्ममा संलग्न भई सकारात्मक परिवर्तन ल्याएका किसानहरूलाई प्रोत्साहन दिन सम्मान गरिएको हो ।

सम्मानित हुनेमा सिद्धिचरण नगरपालिका–६ की डम्बर कुमारी मगर, वडा नं.–१२ की चन्द्रकला श्रेष्ठ, मानेभन्ज्याङ गाउँपालिका–२ की मनिला राई र मोलुङ गाउँपालिका–८ की शान्ति राई रहेका छन् ।

उत्पादनलाई उचित बजार व्यवस्थापन गर्न सके गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने कृषकहरुले अनुभव बताएका छन् । कृषक सम्मान कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, उपप्रमुख तारा देवी कार्की, जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अगुवा कृषकसहित सरोकारवालाहरूको सहभागिता थियो ।