ओखलढुंगामा जेन–जी घाइतेबाट एक जनाले मात्र उपचार खर्च लिए

भिजन समाचार
98
Shares

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा घाइते भएका ११ जनामध्ये एक जनाले मात्र उपचार खर्च लिन जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सम्पर्क गरेका छन् । गृह मन्त्रालयको सूचना अनुसार प्रति घाइते २० हजार रुपैयाँ वितरण हुने भनिए पनि खिजीदेम्बाकी एक युवतीबाहेक अन्य कोही पनि उपस्थित नभएको प्रशासनले जनाएको छ ।

नायव सुब्बा दिपकुमार घिमिरेका अनुसार धेरैजना घाइते काठमाडौंमा बसोबास तथा उपचार भइरहेकाले उपस्थित हुन नसकेको, केहीलाई सूचनाबारे जानकारी नै नभएको र केहीलाई समय नमिलेको बताइएको छ ।

जिल्लामा आन्दोलन शान्तिपूर्ण रहे पनि देशका विभिन्न स्थानमा भएका घटनामा ओखलढुंगा घर भएका ११ जना घाइते भएका थिए ।