जापानले दियो खिजीदेम्बालाई एक करोड ५५ लाखको दमकल

भिजन समाचार
188
Shares

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकालाई एक करोड ५५ लाख बराबरको एउटा दमकल सहयोग प्राप्त भएको छ । बढ्दो बजार क्षेत्र र आगलागी जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले गरेको अनुरोधका आधारमा जापान सरकार एम.बी.सी. परिवारले गाउँपालिकालाई एक थान अत्याधुनिक दमकल प्रदान गरेको हो ।

उक्त दमकल औपचारिक रूपमा जापान सरकार एम.बी.सी.का प्रतिनिधिले कार्तिक १३ गते गाउँपालिकालाई हस्तान्तरण गरेको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले भिजनलाई जानकारी दिए ।

दमकल सहयोगका लागि समन्वय गरी सहयोग प्राप्त गर्न महत्वपूर्ण भूमिका खेलेको ओखलढुंगा र खिजीदेम्बामा सेवारत युनाइटेड मिसन टु नेपालका पदाधिकारीहरूलाई अध्यक्ष शेर्पाले धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष शेर्पाका अनुसार यो दमकल संचालनमा आएपछि खिजीफलाटे बजार क्षेत्र लगायत गाउँबस्तीमा आगलागीका घटनामा समयमै नियन्त्रण गर्न सकिनेछ र क्षति न्यूनिकरणमा सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।