ओखलढुंगामा यस बर्षको दशैँ–तिहार शान्तिपूर्ण भएको छ । यस बर्षको दशैँमा जिल्लामा कतै पनि आपराधिक र अवान्छित गतिविधि नभएका हुन् ।
कतैकतै सामान्य वादविवादका घटना भएका भए पनि प्रहरी र प्रशासनसम्म उजुरी नै आउने गरि कुनै त्यस्ता घटना नभएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले बताए ।
चाडवर्प लक्षित सुरक्षा योजना कडाईका साथ लागु गरिएको र आम नागरिकले पनि जिम्मेवार भएर चाडपर्व मनाएकोले कुनैपनि अवान्छित घटना नभएको उनको भनाई छ ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न र चाडपर्वलाई शान्तिपर्ण, मर्यादित तथा सुरक्षित बनाउन चाडवर्प लक्षित विशेष सुरक्षा योजना लागु गरिएको थियो ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत परिचालन गरिएको थियो ।
जिल्लाको सुरक्षा व्यवस्थापनलाई ख्याल गर्दै विषेश सुरक्षा योजनाका कार्यान्वयन गरिएकोले चोरी ढकैती, लुटपाट, झैझगडा तथा अन्य आपराधिक घटनाहरु नभएको प्रशासनको दाबी छ ।

प्रतिक्रिया