दशैं–तिहारमा १३ सवारी कारबाही, १३ हजार राजस्व संकलन

भिजन समाचार
14
Shares

ओखलढुंगामा दशैं र तिहारको अवधिमा १३ सवारीलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने १३ वटा सवारी साधन कारबाहीमा परेका हुन् । कारबाहीमा परेका १३ वटा सवारी साधनबाट १३ हजार रुपैयाँ राजस्व संकलन गरिएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार नारायण बस्नेतले जानकारी दिए ।

चार्डपर्वको समयमा निगरानीमा थप कडाई गरिएको र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई चेतावनीसहित जरिवाना गराइएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार तिहारमा यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै अनुगमन र कारबाहीमा जोड दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखढुंगाले जनाएको छ ।