मोलुङमा एक पुरुष मृत फेला

भिजन समाचार
214
Shares

ओखलढुंगाको मोलुङमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–३ फुयाल गाउँका ५९ वर्षीय छत्रबहादुर केसी आफ्नै घरको पछाडिको बलेसीमा मृत अवस्थामा फेला परेका हुन् ।

मंगलबार अपरान्ह ४ बजे मृत फेला परेको जानकारी पछि प्रहरी चौकी प्राप्चाको टोली पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।

आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी निरीक्षक मनिष लुईटेलको कमाण्डमा चार जनाको टोली पनि खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायय उपरीक्षक मदन कसीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।