सिद्धिचरण नगरपालिकाले हटियामा बंगुर व्यापार सहज र व्यवस्थित बनाउने भएको छ । बजार व्यवस्थापनका क्रममा किसानबीच विभेद भएको भन्ने गुनासो बढेपछि नगरपालिकाले आइतबार किसान र स्थानीय बंगुर व्यवसायीसँग विशेष छलफल गरेको छ ।
उप–प्रमुख केदारबाबु बस्नेतको उपस्थितिमा भएको छलफलमा किसानहरूले हालको व्यापार स्थलमा व्यवस्थित ट्रस्ट, खानेपानी धारासहितको सुविधा दिनुपर्ने माग गरेका छन् । साथै, पशुपंक्षी बिक्री केन्द्रमै बंगुर बिक्री गर्न पाउनुपर्ने वा हालको पार्किङ क्षेत्र प्रयोग गर्न अनुमति दिनुपर्ने विकल्पसहितको सुझाव राखेका छन् ।
नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र कटवालका अनुसार किसानका मागप्रति नगरपालिका सकारात्मक रहेको र अस्थायी तथा दीर्घकालीन दुवै समाधानका लागि प्रक्रिया सुरु गरिएको छ ।
नगरपालिकाले निकट भविष्यमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहित बैठक बसी अन्तिम निर्णय गर्ने जनाएको छ ।
पहिले निर्माण गरिएको तरकारी, फलफूल र पशुपंक्षी बिक्री केन्द्रले खसी–बोका व्यापारीलाई सहज सुविधा प्रदान गरे पनि बंगुर पालक किसान भने अझै अव्यवस्थित तरिकाले विक्रि गर्न बाध्य छन् । खुला आकाशमुनि, धुलो–धुवाँ र सरसफाइको अभावमा व्यापार गर्नुपर्ने अवस्था रहेकाले उनीहरूले पटक–पटक गुनासो गर्दै आएका छन् ।
किसानहरूको यस समस्याबारे भिजनमा पटक पटक समाचार प्रशारण प्रकाशन भईरहेको थियो ।

प्रतिक्रिया