कालोपत्रेको माग गर्दै स्थानियले सिद्धिचरण राजमार्गको उदयपुरको घुर्मी–कटारी सडक विहानै देखी ठप्प पारेका छन् । कटारी नगरपालिका–८ भर्मीकाका स्थानीयवासीले विहानै देखी सडक अवरुद्ध पारेका छन् । घुर्मीहुदै पहाड बाट तराई जादै गरेका र कटारी बाट ओखलढुंगा, सोलुखुम्बु, खोटाङ आउदै गरेका सवारी रोकिएका छन् ।
बारम्बार अनुरोध गर्दा पनि सम्बन्धित निकायले सडक सुधारतर्फ ध्यान नदिएकाले सडक अवरुद्ध गर्ने बाध्यता भईएको आन्दोलनका संयोजक लिलबहादुर खत्रीले बताए । “वर्षौँदेखि धुलो र हिलोमा बाँचिरहेका छौँ, अब सडक पिच नभएसम्म आन्दोलन रोकिँदैन,” खत्रीले बताए ।
धुलो र हिलो सडकका कारण स्थानियको जीवन कष्टकर बनेको खत्रीको भनाई छ । धुलोका कारण विद्यालय जाने बालबालिका, व्यापारी, र स्थानीय बासिन्दा सबै प्रभावित भइरहेका र स्वास्थ्यमा समेत गम्भीर असर परेको भन्दै उनीहरूले आक्रोश प्रकट गरेका छन् ।
सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्य तर्फ हिडेका यात्रुहरु अलपत्र परेका छन् । माल बाहक ट्रक लगायत ६० भन्दा बढी सवारी विहानै देखी रोकिएका छन् । सडक बन्दबारे जानकारी नभएकाले बाटोमै रोकिँदा निकै समस्या भयो विराटनगरबाट सोलु आउदै गरेका यात्रु हरि कट्टेलले बताए ।
कटारी नगरपालिकाले आन्दोलनरत स्थानीयहरूसँग छलफल गरी सडक पुनः सञ्चालन गराउने प्रयास गरिरहेको छ । नगरपालिकाले तत्काल समस्या समाधानका लागि प्रदेश र संघीय निकायसँग समन्वय गर्ने तयारी गरेको जनाएको छ । एम्बुलेन्स बाहेक साना तथा ठुला सवारीहरु स्थानियले सञ्चालन हुनदिएका छैनन् ।

प्रतिक्रिया