ओखलढुंगाको मोलुङ गाउँपालिका–२ रामपुरमा प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्न नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयको आयोजनामा मंगलबार भएको कार्यक्रममा अपराध, दुर्घटना र लागुऔषध नियन्त्रणका उपायबारे छलफल गरिएको थियो ।
प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जिल्लाका अपराध तथा क्षतिको तथ्यांक प्रस्तुत गर्दै नियन्त्रणका गतिविधि बारे जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्रातीले लागुऔषध नियन्त्रण र प्रहरी दरबन्दी बढाउन पहल भइरहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथि मोलुङ गाउँपालिका प्रमुख उत्तम राईले अपराधमुक्त समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, सुरक्षा निकायका प्रमुख र स्थानीयवासीको सहभागिता थियो ।

प्रतिक्रिया