खाना खाने क्रममा अड्कीएर वृद्धको ज्यान गएको छ । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेका ७१ वर्षिय मिनबहादुर खड्काको घाँटिमा खाना अड्कीएर ज्यान गएको हो ।
खाना खादै गर्दा खाना अड्कीएर खड्काको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया