ओखलढुंगामा भारी बर्षा, २४ घण्टामा ७६.२ मिलीमिटर बर्षा मापन

भिजन समाचार
20
Shares

पछिल्लो २४ घण्टामा ओखलढुंगामा ७६.२ मिलीमिटर बर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड ओखलढुंगाका अनुसार ओखलढुंगामा दिउँसो ३: ३० बजेको मापन अनुसार ७६.२ मिलीमिटर बर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड ओखलढुंगाका प्रमुख अनिल पराजुलीले जानकारी दिए । यस्तै पछिल्लो १२ घण्टामा भने २०.८ मिलीमिटर बर्षा भएको केन्द्र प्रमुख पराजुलीले जानकारी दिए ।

उनका अनुसार १ देखि १० मिलीमिटरसम्मको बर्षालाई हल्का बर्षा, १० देखि ५० मि.मि सम्मको बर्षालाई मध्यम, ५० देखि १०० मि.मि सम्मको बर्षालाई भारी बर्षा भन्ने गरिन्छ ।

जिल्लामा मापन भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार भारी बर्षा भएको हो । ओखलढुंगामा पनि बाढी पहिरोको उच्च जोखिममा रहेकोले जिल्लाका नागरिकमा सतर्क रहन समेत आग्रह गरेको छ ।