नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा कारागारका कैदिबन्दीलाई खसी प्रदान गरेका छन् । दशैंको अवसरमा खतिवडाले कारागारका कैदीबन्दीलाई खसी प्रदान गरेका हुन् ।
आइतबार कारागारका नाइके साङ्गे शेर्पालाई खसी हस्तान्तरण गर्दै खतिवडाले सम्पूर्ण कैदीबन्दीलाई विजया दशमीको शुभकामना दिएका हुन् । खतिवडाले कैदीबन्दीलाई जेलपछिको जीवन उदाहरणीय बनाउन आग्रहसमेत गरेका छन् ।
३० जनाको क्षमता रहेको ओखलढुंगा कारागारमा हाल ८२ जना कैदीबन्दी (८ महिला र ७४ पुरुष) छन् । खसी हस्तान्तरण कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य प्रदिप सुनुवार, नेपाली काँग्रेस जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल, महाधिवेश प्रतिनिधी नविन राई लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया