ओखलढुंगा स्वास्थ्य कार्यालयमा वार्षिक समिक्षा, १९ प्रतिवद्धता

भिजन समाचार
228
Shares

ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा आर्थिक वर्ष २०८१/८२ को जिल्ला स्तरीय वार्षिक समिक्षा गरिएको छ । दुई दिनसम्म चलेको समिक्षाबाट १९ बुँदे प्रतिवद्धता गरिएको स्वास्थ्य कार्यालय प्रमुख मनिसा मोक्तान तामाङले जानकारी दिइन् ।

प्रतिवद्धतामा पालिकाको मासिक बैठक नियमित गर्ने, कुपोषण पहिचानका लागि मासिक वृद्धि अनुगमन दिवस तोक्ने, जन्मदेखि २३ महिनासम्मका बालबालिकाको औसत २१ पटक भिजिट पुर्याउने, फोकल पर्सन तोक्ने र भौतिक–वित्तीय प्रगति ९० प्रतिशतभन्दा माथि पुर्याउने जस्ता लक्ष्य समावेश छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत, करुणा फाउण्डेशन नेपालका संयोग खतिवडा र आठवटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि सहभागी थिए ।