प्रहरी सेवालाई नागरिकमैत्री बनाउन ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंगरातीले आग्रह गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले प्रहरी सेवाको प्रभावकारिता, नागरिकमैत्रीपन र विश्वास अभिवृद्धिमा जोड दिन आग्रह गरेका हुन् ।
निरीक्षणका क्रममा प्रजिअ मंग्रातीले कार्यालय भवन, विभिन्न शाखा तथा हिरासत कक्षको अवलोकन गर्दै प्रहरी सेवाको पहुँच सहज बनाउन निर्देशन दिए । उनले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन, सामुदायिक साझेदारीलाई सशक्त बनाउन र अपराध नियन्त्रणमा स्थानीय सरोकारवालासँगको सहकार्यलाई अपरिहार्य बताउँदै प्रहरी सेवाले जनविश्वास जित्नुपर्नेमा जोड दिएका छन् ।
प्रजिअ मंग्रातीले विपद् व्यवस्थापनमा पुर्व तयारी, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन तथा फिल्डमा खटिएका प्रहरीले विश्वसनीय सूचना संकलन गरी समयमै रिपोर्टिङ गर्नुपर्ने आवश्यकता औंल्याए । चाडबाडकाे समयमा हुन सक्ने अपराधिक गतिविधी न्युनिकरणका लागि विषेश सुरक्षा व्यवस्थामा जाेड दिन प्रजिअ मंगरातीले जाेड दिएका छन् ।

प्रतिक्रिया