सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगाले पर्यटकीय स्थल सिद्धिचरण पार्क लगायत सार्वजनिक स्थलहरुमा सरसफाई गरेको छ । जिल्ला सदरमुकाम सिद्धिचरण नगरपालिका–१२ को ओखलढुंगा पार्क, श्रष्टा पार्क र सिद्धिचरण पार्क क्षेत्रमा सरसफाइ गरिएको हो ।
दशैं लगायतका चाडपर्वमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्ने भएकाले सार्वजनिक स्थलहरूमा देखिएको झारपात, घाँस, प्लास्टिकजन्य र अन्य फोहोर हटाइ पर्यटकीयलाई स्वच्छ र आकर्षक बनाउन सरसफाइ गरिएको सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुंगा प्रमुख प्रहरी नायव उपरीक्षक महेश केसीले बताए ।
सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा भएको सरसफाई र निस्किएको फोहोर व्यवस्थापन गरिएको थियो । यसअघि पनि निरन्तर सशस्त्र प्रहरीले सगरमाथा जनता मावि आसपासको क्षेत्र र सदरमुकामका पर्यटकीय तथा सार्वजनिक स्थलमा सरसफाई गरेको थियो ।

प्रतिक्रिया