करदाता सेवा कार्यालयमा दुई करोड ३० लाख राजश्व संकलन


करदाता सेवा कार्यालय ओखलढुंगाले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा दुई करोड ३० लाख २१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयको चार करोड ६८ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । लक्ष्यको ६२.४८ प्रतिशत राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी सचिनदेव भट्टराईले जानकारी दिए ।

संकलित राजश्वमध्ये सबैभन्दा बढी आयकरबाट एक करोड २५ लाख ९२ हजार र मूल्य अभिवृद्धि कर (भ्याट) बाट ७० लाख २४ हजार रुपैयाँ रहेको छ । त्यस्तै, अन्तःशुल्कबाट २७ लाख ६७ हजार, घरबहाल करबाट चार लाख २४ हजार र ब्याज करबाट दुई लाख १४ हजार रुपैयाँ संकलन भएको छ ।