मोलुङ–६ श्रीचौरमा श्रमदान मार्फत सडक मर्मत

भिजन समाचार
24
Shares

मोलुङ गाउँपालिका–६ श्रीचौरमा चाडपर्वलाई लक्षित गर्दै श्रमदान मार्फत सडक मर्मत गरिएको छ । वडा अध्यक्ष कमल तामाङको नेतृत्वमा शनिबार देखि सुरु भएको सो कार्य आगामी दशैंसम्म निरन्तर चल्ने बताइएको छ ।

बिजय दशमी तथा शुभदिपावलिलाई सहज बनाउन गाउँपालिकाको कार्यालय प्राप्चादेखि श्रीचौर मंगलबारे बजार जाने बाटो अन्तर्गत सडक मर्मत थालिएको हो । बर्षातको कारण सडक हिलाम्मे बनेपछि चाडपर्वमा आवतजावत गर्न स्थानीयलाई समस्या हुने भएकाले श्रमदानमार्फत सुधारको पहल गरिएको वडा अध्यक्ष तामाङले बताए ।

मर्मतका क्रममा सडकमा परेको खाल्डो पुर्ने, सोलिङ गर्ने तथा माथिबाट धस्सिएको पहिरो हटाउने काम भइरहेको छ । स्थानीयवासीको सक्रिय सहभागितामा भइरहेको यो अभियानले चाडपर्वमा यातायात र आवागमन सहज हुने अपेक्षा गरिएको छ ।