ओखलढुंगामा जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा स्थानीय युवा र विद्यार्थीहरूले दीप प्रज्वलन गरेका हुन् ।
सिद्धिचरण नगरपालिका–११ को मिलनचोक र वडा नं. १२ स्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको राजेश कुमार खत्रीले जानकारी दिए । उनका अनुसार सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरूले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले सहिदहरूले देखाएको बाटो अनुसरण गर्दै परिवर्तनको यात्रालाई निरन्तरता दिने संकल्प व्यक्त गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा जेनजी युवाहरु ल्गायत स्थानिय समाजेवी, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया