जगन्नाथ देवल कारागारबाट फरार कैदी ओखलढुंगामा पक्राउ

भिजन समाचार
196
Shares

काठमाडौंको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएका कैदी दीपकुमार राई ओखलढुंगामा पक्राउ परेकी छिन् ।
जिल्लाको सिद्धिचरण नगरपालिका–४ घर भई ज्यानसम्बन्धी कसुरमा कैद सजाय भोगिरहेकी राई कारागारबाट फरार भएकी थिईन । उनलाई चिशङ्खुगढी गाउँपालिका–८ माम्खाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार माम्खामा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा बुधबार बिहान प्रहरीको विशेष टोली परिचालन गरी पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेका राईलाई आवश्यक प्रक्रिया पूरा गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।