बाल यौन दुरुपयोग मुद्दामा फरार युवक पक्राउ

भिजन समाचार
56
Shares

बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका मानेभञ्ज्याङ गाउँपालिका–९ ओखलढुंगाका २६ वर्षीय विजय राई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको टोलीले राईलाई काठमाडौं उपत्यकाको भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ बाट पक्राउ गरेको हो । उनलाई ओखलढुंगा ल्याई कानुनी कारबाहीका लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार अदालतले २०८० माघ १४ गते राईलाई बाल यौन दुरुपयोग मुद्दामा २ महिना १५ दिन कैद सजायको फैसला गरेको थियो । फैसला पश्चात फरार रहेका उनी प्रहरीको ‘फरार सूची’ मा थिए । अदालतको आदेशअनुसार कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।