ओखलढुंगामा सरुवा भएर आएका किरात राई समुदायका कर्मचारीलाई स्वागत गरिएको छ । शनिबार किरात राई यायोक्खा जिल्ला कार्यसमिति, किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति र ओखलढुंगा साकेला सिली टिमको संयुक्त आयोजनामा कर्मचारीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयमा सरुवा भएर आएका ६ जना किरात राई कर्मचारीलाई सम्मान पूर्वक स्वागत गरिएको किरात राई यायोक्खा ओखलढुंगाका अध्यक्ष थगेन्द्र राज राईले बताए । डिभिजन वन कार्यालयका प्रमुख मना राज राई, जिल्ला मालपोत कार्यालयका अष्ट बहादुर राई, राष्ट्रिय वाणिज्य बैंक शाखाका कर्मचारी समिक्षा राई र प्रसिक्षा राई, जिल्ला हुलाक कार्यालयका डिगधन राई र जिल्ला समन्वय समितिका मनितम राईलाई किरात राईलाई स्वागत गरिएको अध्यक्ष राईले बताए । समुदायकाे संस्कार, संस्कृती र पहिचानका संरक्षणका लागि याेदान गर्न राईले आग्रह गरेका छन् ।
कार्यक्रममा किरात राई कर्मचारी मञ्च जिल्ला कार्यसमिति ओखलढुंगाका अध्यक्ष सर्मिला राईले सरुवा भएर आएका कर्मचारीलाई स्वागत गर्दै समुदायको पहिचान, संस्कार र सांस्कृतिक मूल्य जोगाउँदै जिम्मेवारीपूर्वक सेवा दिन आग्रह गरेकी छिन् ।

प्रतिक्रिया