ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । हाल कार्यरत विजयराज सुवेदीको धादिङ सरुवा भएको हो ।
ओखलढुंगामा नयाँ प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती आउने भएका छन् । कालिकोटको प्रमुख जिल्ला अधिकारी रहेका उनलाई गृह मन्त्रालयले ओखलढुंगा सरुवा गरेको हो ।
गृह मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर र ओखलढुंगासहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २० जना सहसचिव र २४ जना उपसचिवको एकसाथ सरुवा गरेको छ । बुधबार भएको यो निर्णयसँगै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भएका हुन् ।
काठमाडौँमा छविलाल रिजाललाई र ललितपुरमा सुमन घिमिरेलाई खटाउने निर्णय भएको छ । भक्तपुरमा नवराज घिमिरेलाई सरुवा गरिएको छ । साेलुखुम्बु, दोलखा, भोजपुर, संखुवासभा, पाल्पा, सप्तरी, धनकुटा, बार, पर्सा, दाङ, सिरहा पनि प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।





प्रतिक्रिया