बैंकिङ कसुरमा अनिकेश मगर पक्राउ

भिजन समाचार
62
Shares

बैंकिङ कसुरमा सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ओखलढुंगाका ३८ वर्षिय अनिकेश मगरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौको गौसलामा बस्दै आएका मगरलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा बाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनलाई ओखलढुंगा ल्याई कानुनी कारबाहिका लागि ओखलढुंगा जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय कार्कीले बताए । अदालत बाट फैसला भएको कैद भुक्तानका लागि उनलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

मगर विरुद्ध अदालतले २०७६ मंशिर १६ गते ५ महिना कैद र दुुई लाख ७५ हजार जरिवाना फैसला भएको थियो । उनि प्रहरीको फरार सूचिमा थिए ।