ओखलढुंगामा चाउचाउ बोकेको ट्रक भीरबाट खस्यो

भिजन समाचार
92
Shares

ओखलढुंगामा चाउचाउ बोकेको ट्रक दुर्घटना भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारस्थित मध्यपहाडी लोकमार्गमा चाउचाउ बोकेको ट्रक भीरबाट खसेको हो ।

पोखराबाट खोटाङतर्फ गइरहेको ना ६ ख ४९३४ नम्बरको ट्रक ब्रेक फेल भएर सडकदेखी करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

दुर्घघटनामा ट्रक चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–१ का ३६ वर्षीय तारा बहादुर लोप्चन सकुशल रहेको प्रहरी चौकी हर्कपुरले जनाएको छ । तर, सहचालक सर्लाही बागमती नगरपालिका–१२ का २८ वर्षीय बेदमान गोले सामन्य घाइते भएका छन् ।

उनको बाँया खुट्टा सुन्निएको अवस्थामा उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा पठाइएको प्रवक्ता एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।