बौद्धिक अपांगता भएकी महिलामाथि जबरजस्ती करणी, दुई जना पक्राउ

भिजन समाचार
522
Shares
सांकेतिक तस्वीर

ओखलढुंगाको बिगुटारमा बौद्धिक अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दिचरण नगरपालिका–७ बस्ने ४५ वर्षीय ङिमा शेर्पा र २९ वर्षीय लाक्पा रिन्जी शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीका अनुसार ङिमाले २०८१ साल चैत्र ११ गते पीडित महिलालाई सोही वडाको फन्दपुर देवीस्थान नजिकको जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । त्यस्तै लाक्पा रिन्जी शेर्पाले २०८२ साउन ४ गते घरको कोठामा लगेर सोही महिलामाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई साउन २८ गते प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूमाथि ओखलढुंगा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।