बहुविवाह गर्ने मगर पक्राउ

भिजन समाचार
154
Shares

बहुविवाह गरेका सोमबहादुर आले मगर पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ओखलढुंगा जिल्ला अदालतले सजाय तोकेका मानेभञ्ज्याङ गाउँपालिका–१ का मगरलाई प्रहरीले पक्राउ गरेको हो । ३८ वर्षिय मगर फरार थिए ।

मगर विरुद्ध जिल्ला अदालतमा २०८१ फागुन २० गते बहुविवाह शीर्षकमा मुद्दा दर्ता भएको थियो ।  अदालतका न्यायाधीश गिरिराज गौतमको २०८२ वैशाख २५ गतेको इजलासले मगरलाई ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।

पक्राउ परेका मगरलाई मंगलबार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बिक्रम बहादुर भट्टराईले बताए ।

यसैविच, ज्यान सम्बन्धी कसुरमा प्रहरीले राजन राईलाई पक्राउ गरेको छ । राई विरुद्ध जिल्ला अदालत बाट २०८१ असोज १ गते ५ महिना तीन दिन कैद सजाय फैसला भएको थियो । उनि पनि फरार थिए । यसै साता ओखलढुंगा प्रहरीले चोरी तथा डाँका मुद्धामा अदालत बाट ५ महिना कैद र १५ हजार सजाय फैसला भएका एक बालकलाई पनि पक्राउ गरेको छ ।