खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय ओखलढुंगाले सुरक्षित आवास गृहलाई खाद्यान्न सहयोग गरेको छ ।
कम्पनीको छैठौँ वार्षिकोत्सवको अवसरमा सेफ हाउसलाई चामल, दाल, तेल, नुन, साबुन, फलफूल लगायत सामग्री हस्तान्तरण गरिएको हो ।
शाखा प्रमुख बीना घिमिरेका अनुसार वार्षिकोत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरिएको छ । सेफ हाउसको आवश्यकता अनुसार खाद्यन्न सहयोग गरिएको घिमिरेको भनाई छ ।
खाद्यन्न सहयोगले सेफ हाउसमा मा आश्रित व्यक्तिहरूको दैनिकी सहज बनाउन मद्दत पुगेको बताईएको छ ।

प्रतिक्रिया