सामुदायिक वन संरक्षणका लागि ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । सामुदायिक वन दिवस–२०८२ को अवसरमा ‘सरोकारवालासँग वनका कुरा’ कार्यक्रम अन्तरर्गत अन्तरक्रिया गरिएको हो ।
डिभिजन कार्यालय ओखलढुंगाको आयोजनामा भएको कार्यक्रममा सामुदायिक वनको संरक्षण, व्यवस्थापन र प्रभावकारी संचालनबारे सरोकारवालाबीच छलफल गरिएको थियो ।
कार्यालयकी सूचना अधिकारी अस्मिता न्यौपानेका अनुसार सामुदायिक वनका चुनौती र समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले वनको सहि सदुपयोग गर्दै आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष रुम्दालीले उपभोक्ता समूहलाई अझ सक्रिय बनाउँदै नयाँ पुस्तालाई वन संरक्षणमा सहभागी गराउने दीर्घकालीन योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।
वन डिभिजन कार्यालयका अधिकृत मनराज राईले दिगो वन व्यवस्थापनका लागि प्रविधिमैत्री प्रणाली अपनाउने, स्थानीय जनशक्ति र स्रोतको सदुपयोग गर्ने तथा वनजन्य उत्पादनको बजारिकरणमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा मानेभञ्ज्याङ सब–डिभिजन वन कार्यालय प्रमुख सजना पान्डे, उपाध्यक्ष आश्रचन राई, स्थानीय तहका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा वन क्षेत्रमा क्रियाशील विभिन्न निकायका सरोकारवालाको सहभागीता थियो ।
सहभागीहरूले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा सबै सरोकारवालाले एकीकृत भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया