१५ लाखको बैंकिङ कसुरमा रुम्जाटारका ठेकेदार शैलेन्द्र गुरुङ पक्राउ

भिजन समाचार
1.3k
Shares

रुम्जाटारका ठेकेदार शैलेन्द्र गुरुङ पक्राउ परेका छन् । जिल्लाका एक व्यवसायीलाई १५ लाख रकमको चेक दिएर भुक्तानी नदिएका सिद्धिचरण नगरपालिका ४ का ४४ वर्षिय गुरुङ बैंकिङ कसुरको आरोपमा पक्राउ परेका हुन् ।

सुनकोशी १० स्थायी घर भई ओखलढुंगा सदरमुकाममा व्यवसाय गर्ने निलराज पराजुलीको उजुरीका आधारमा गुरुङ पक्राउ परेका हुन् ।

१५ लाख रकमको चेक नसाटिएको प्रमाणसहित पराजुलीले जाहेरी दिएपछि गुरुङलाई साउन २२ गते प्रहरीले घरैबाट पक्राउ गरेको हो ।

अदालतबाट ४ दिनको म्याद थप गरेर हिरासतमा राखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

स्रोतका अनुसार गुरुङले लामो समयदेखि खातामा रकम नै नभएको चेक पराजुलीलाई दिएर झुक्याएका थिए । पटक पटक अनुरोध गर्दापछि चेक नसाटिएपछि ठगी गरेको व्यहोरा उल्लेखगरी कानून बमोजिम हदैसम्मको कारबाही र आफ्नो रकम फिर्ता गराउने व्यवस्था मिलाइदिन माग गर्दै पीडित पराजुलीले प्रहरीमा मुद्दा दर्ता गराएका थिए ।

बैंकिङ कसुर तथा सजाय ऐन अन्तरगत गुरुङ विरुद्ध दर्ता भएको मुद्दा समयमै रकम फिर्ता र मिलापत्र नभए अदालतले फैसला गर्दा जेल, जरिवाना र क्षतिपूर्तीसमेत भराउने व्यवस्था छ ।