बहुविवाहलाई वैधानिकता दिने प्रस्ताव खारेज गर्न ओखलढुंगामा महिला सञ्जालको माग

भिजन समाचार
92
Shares

ओखलढुंगामा महिला सञ्जालले बहुविवाहलाई वैधानिकता दिने प्रस्तावित कानुनी व्यवस्था खारेज गर्न सरकारसँग माग गरेका छन् । सामुदायिक महिला सुरक्षा जालोको अगुवाइमा विभिन्न महिला सञ्जालले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र कानुन मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा प्रस्तावित कानुनलाई गैरजिम्मेवार, प्रतिगामी र महिला विरोधी भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ । महिला नेता अम्बिका श्रेष्ठ र हेमालक्ष्मी राईको नेतृत्वमा गएको टोलीले पाँच बुँदे ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी विजय राज सुवेदीलाई बुझाएको हो ।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले तत्काल मन्त्रालयमा पत्र पठाउने प्रतिबद्धता जनाएका छन् ।