जबरजस्ती करणीको प्रयास गरेको आरोपमा ओखलढुंगाको खिजीदेम्बाका एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गर्न खोजेका आरोपमा खिजीदेम्बा ८ साविक भुसिंगाका बर्ष २६ का लोकबहादुर काकीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार गत जेठ २० गते कार्कीले आफुलाई जबरजस्ती करणी उद्योग गरेको भनि २० वर्षिय एक युवतीले साउन २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडितको लिखित जाहेरीका आधारमा प्रहरी चौकी रावादोलुबाट खटिएको टोलीले हिँजो साउन २३ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।
पिडक र पिडित दुवैको जिल्ला अस्पताल रुम्जाटारमा यौनजन्य स्वास्थ्य परीक्षण गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया