अपांगता दुई महिलामाथी बलात्कारः एक जना जेल र नाबालक सुधारगृहमा

भिजन समाचार
166
Shares

ओखलढुंगामा अपांगता भएका दुई महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका थिए । पक्राउ परेका मध्ये एक जनालाई कारागार र अर्का नाबालकलाई बाल सुधारगृह पठाइएको छ ।

सिद्धिचरण नगरपालिका–७ विगुटारका ५२ वर्षीय रितेन्जी शेर्पालाई १७ वर्षीया अपांगता भएकी बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएको हो । साउन ४ गते मोलुङ गाउँपालिकाको सार्वजनिक जंगलमा उनले पीडित बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

अनुसन्धानपछि ओखलढुंगा जिल्ला अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

त्यस्तै, असार ३१ गते २३ वर्षीया अपांगता भएकी युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका १७ वर्षीय एक नाबालकलाई बाल सुधारगृह पठाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईका अनुसार ओखलढुंगा जिल्ला अदालतको आदेशपछि उनलाई सुधारगृह चलान गरिएको हो ।