“मलाई यो संकटमा हजुरहरू सबैले साथ दिनुभयो भने मेरी श्रीमतीले पुनः जीवन पाउनेछिन् भन्ने विश्वास लिएको छु,” भावुक हुँदै श्रीमान् मिनकुमारले भने ।
अमृताकाे बाँच्न सक्ने आशा अझै मरेको छैन । उनीप्रति देखाइएको सहानुभूति, साथ र सहयोग आजैको आवश्यकता हो । तपाईँको एक सानो सहयोगले अमृताको जीवन फेरि उज्यालो बनाउन सक्छ ।
सुनकोशी गाउँपालिका–१, भिरगाउँ ओखलढुंगाकी ३५ वर्षीया अमृता गुर्बाछान मगर क्यान्सरजस्तो घातक रोगसँग जीवन र मृत्युको कठोर लडाइँ लडिरहेकी छन् । पाठेघरको मुखबाट सुरु भएको क्यान्सर हाल ठूलो आन्द्रा, पिसाव नली र पिसाव थैलीसम्म फैलिएको छ । भक्तपुरस्थित क्यान्सर अस्पतालमा झन्डै छ महिनादेखि उपचाररत अमृताको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ ।
उनका श्रीमान् मिनकुमार गुर्बाछान मगरका अनुसार हालसम्म करिब १९ लाख रुपैयाँ खर्च भइसकेको छ । व्यक्तिगत सम्पत्ति बेचबिखन, आफन्तजन तथा सहयोगी दाताहरुको साथबाट संकलन भएको रकमले हालसम्मको उपचार सम्भव भएको हो । तर क्यान्सरको यो गम्भीर अवस्थामा थप उपचारका लागि ठूलो रकम आवश्यक परेकाले उनले आम नागरिकसँग आर्थिक सहयोगको अपील गरेका छन् ।
सहयोग गर्न चाहने महानुभावहरूका लागि विवरणः सहयाेग गरेपछी कमेन्टमा जानकारी दिनुहाेला हामि सार्वजनिक गर्नेछाैं ।
१. माछापुच्छ्रे बैंक
खाता नामः मिनराज गुर्बाछान मगर
खाता नं. ०९५०९६०५७७९०००१२
२. ग्लोबल आइएमई बैंक
खाता नामः अमृता गुर्बाछान मगर
खाता नं. ०८४०९०१२६९१५३१
३. ईसेवा मोबाइल नं. ९८१०७०३८३९ (मिनराज गुर्बाछान मगर)


प्रतिक्रिया