ओखलढुंगामा राहदानी वितरण सँगै आर्थिक वर्ष २०८१/८२ मा एक करोड एक लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाका अनुसार सो अवधिमा तीन हजार १०८ वटा राहदानी वितरण गरिएकोमा एक करोड एक लाख ८५ हजार राजश्व संकलन भएको हो ।
दुई हजार १४८ जनाले विद्युतिय राहदानी अनलाइन इन्रोल्मेन्ट गरेकोमा कार्यालयबाट तीन हजार १०८ वटा राहदानी वितरण भएको कार्यालयका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट एक करोड आठ लाख ९९ हजार ५०४ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना र जफत, बेरुजु र परीक्षा शुल्कबाट उक्त राजश्व सङ्कलन भएको हो ।
संस्था दर्ताबाट सरकारी सम्पत्तिको वहालबाट प्राप्त आय एक लाख ८१ हजार ५५४, परिक्षा शुल्कबाट दुई हजार चार सय, राहदानी शुल्क एक करोड एक लाख ८५ हजार, कम्पनि रजिष्ट्रेशन शुल्क ६३ हजार १३०, हातहतियार इजाजत तथा नविकरणबाट तीन लाख १६ हजार ८५०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट एक लाख २४ हजार ५१० र अन्य प्रशासनिक शुल्क २६ हजार ६० रुपैया रुाजश्व संकलन भएको छ ।

प्रतिक्रिया