बिजुलीको झट्का लागेर ओखलढुंगामा एक युवकको मृत्यु

भिजन समाचार
304
Shares
सांकेतिक तस्वीर

बिजुलीको झट्काले लागेर ओखलढुुंगामा एक युवकको ज्यान गएको छ । सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका–४ घर भई खोटाङको दिक्तेल हिडेका अन्दाजी ३० वर्षीय चन्द्र राईको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार राई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–१ कुईभिरमा रहेको फुपु चन्द्रमाया राईको घरमा साउन ३ गते राति करिब १० बजेतिर बास बसिरहेका थिए । सोही क्रममा भीषण वर्षा र मेघगर्जनसँगै विद्युत लाइनमा समस्या आएपछि एमसिबी (MCB) झार्ने क्रममा करेन्ट लागी घटनास्थलमै उनको ज्यान गएको हो ।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी खानिभञ्ज्याङबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाइएको ओखलढुंगा प्रहरीले जनाएको छ ।