इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भयावह आगलागी हुँदा अहिलेसम्म ६० जनाको ज्यान गएको छ भने ११ जना अझै हराइरहेका छन् ।
शहरका एक स्वास्थ्य अधिकारीले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार ५९ शवको पहिचान भइसकेको छ, तर एउटा अत्यधिक जलेको शवको पहिचान गर्न निकै गाह्रो भइरहेको छ।
इराकको सरकारी समाचार संस्था आईएनएले त्यहाँका क्षेत्रीय गभर्नरलाई दिएको जानकारीअनुसार, भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ। यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको थियो। अहिले भने आगो नियन्त्रणमा आएको बताइएको छ।

प्रतिक्रिया