ओखलढुंगाको राँगादिपका कफी खेती गर्ने किसानलाई सामाग्री वितरण गरिएको छ । मोलुङ गाउँपालिका–८ वडा कार्यालयले छ जना कृषकहरुलाई एक हजार ९०० कफीका बिरुवा, पानी ट्यांकी, पाईप निःशुल्क वितरण गरेको हो ।
आर्थिक वर्ष २०८१-०८२ को कफि विकास कार्यक्रम अन्तर्गत वडाले दुई लाख बजेटबाट पुर्ण अनुदानमा किसानलाई कफि वितरण गरिएको वडा अध्यक्ष सुधिर राईले बताए ।
यस्तै सिंचाईको लागि कृषकलाई एक÷एक रोल पाइप र एक-एक हजार लिटरको हिलट्यांकी वितरण गरिएको उनले जानकारी दिए । सिंचाइको लागि पाइप र हिलटेङ्कि भने ७५ प्रतिशत वडाको अनुदान र २५ प्रितिशत कृषकको लगानीमा वितरण गरिएको हो ।
कफी खेती गर्ने राँगादिपका गोविन्द राई, श्री प्रशाद राई, तारा बहादुर राई, तुल बहादुर राई, गोविन्द गुरुङ र बिर्ख बहादुर गुरुङलाई सामाग्री वितरण गरिएको छ । उनिहरुले एक व्यक्ति बराबर तीन रोपनी क्षेत्रफमा कफी खेती थालेका छन् ।

प्रतिक्रिया