एजेन्सी : बङ्गलादेशी सुरक्षा बलहरू सँग अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरू विच झडप भएको छ । झडपमा कम्तीमा चार जनाको मृत्यु भएको छ । धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन् ।
गत वर्ष अगस्टमा हसिनाविरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक पार्टीले हसिनाको पैतृक घर दक्षिण पश्चिमी गोपालगञ्ज जिल्ला र उहाँको अवामी लिग पार्टीको गढतर्फ पदयात्रा गर्ने घोषणा गरेपछि बिहान हिंसा भड्किएको थियो । अधिकारीहरूले पछि जिल्लामा रातिको कफ्र्यू लगाएका थिए ।
एघार महिनाअघि हसिनाको निष्कासनपछि बङ्गलादेश अराजकता र अनियन्त्रित भिडको हिंसाले ग्रस्त भएको छ । मुलुकको अन्तरिम सरकार बिग्रँदै गएको सुरक्षा अवस्थालाई नियन्त्रणमा ल्याउन असफल भएसँगै बुधबारको आक्रमणले देशको गहिरो विभाजनलाई उजागर गर्दछ ।
अवस्था अराजक बन्दै गएको छ । टेलिभिजन फुटेजले हसिना समर्थक कार्यकर्ताहरूले लाठीले प्रहरीमाथि आक्रमण गरेको र विद्रोहको सम्झनामा नेसनल सिटिजन पार्टीका नेताहरू बोकेका करिब २० वटा गाडीमा आगो लगाएको देखाएको छ ।

प्रतिक्रिया