ओखलढुंगामा मानसिक दुर्व्यबहारको डरलाग्दो तथ्यांक

भिजन समाचार
12
Shares

पछिल्लाे समय समाजमा हिंसाका रुप फेरीदै गएको छ । कुटपिट तथा शारिरीक हिंसाका साटो पछिल्लो समय मानसिक हिंसा अर्थात मानसिक दुर्व्यबहारको घटनादर बढ्दो क्रममा रहेका छन् ।

ओखलढुंगामा मानसिक दुर्व्यबहारको डरलाग्लो तथ्यांक सार्वजनिक भएको छ । लैंगिक हिंसा मध्ये सबै भन्दा बढी मानसिक दुव्र्यबहारको घटना भएको पाईएको हो ।

अर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा २५२ वटा लैङ्गिक हिंसाका घटना भएका छन् । जस मध्ये १२८ वटा मानसिक दुर्व्यबहारका घटना भएका छन् । जिल्ला अस्पताल रुम्जाटारको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को तथ्यांक अनुसार यो तथ्य बाहिरिएको हो ।

यस्तै शारिरीक दुर्व्यबहारका ८८, बलात्कारका घटना २०, स्रोत साधन र अवसरवाट बञ्चित १० र यौनजन्य दुर्व्यबहारका पाँच वटा घटना भएको केन्द्रकी स्टाफ नर्स निकिता दाहालले बताइन् ।

जिल्लाका आठ वटा स्थानिय तह मध्ये सबैभन्दा बढी सिद्धिचरण नगपालिकामा १२१ वटा लैंगिक हिंसाका घटना घटेका छन् । विवरण अनुसार चिशंखुगढी गाँउपालिकामा ५३, मोलुङमा ३८, मानेभञ्ज्याङमा २६, सुनकोशीमा पाँच, लिखुमा चार, चम्पादेवीमा दुई र खिजीदेम्बामा एउटा साथै सोलुखुम्बु र खोटाङका दुई जना पीडितले केन्द्र बाट सेवा लिएका छन् ।