जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सेवाग्राहीलाई ‘कलब्याक’ गर्ने भएको छ । कार्यालयले सेवाग्राही र सरोकारवालाको जिज्ञासा, सेवा बारे जानकारी र गुनासो सम्बोधन गर्ने उद्देश्यले सेवाग्राहीको कल ब्याक गर्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी देखि कार्यालयका कर्मचारी र कार्यालयको फोन बैठक लगायतका कारणले उठाउन नभ्याइए पछि ‘कलब्याक’ गरेर बुझ्ने र समस्या, जिज्ञाशा समाधान गरिने सहायक प्रमुख जिल्ला अधिकारी गोमादेवी ढकालले बताईन् ।
यसका साथै सेवाग्रहीले प्रत्यक्ष भेटेर, गुनासो पेटिका मार्फत, क्युआर कोड र टेलिफोन नम्बरबाट पनि गुनासो वा जिज्ञासा गर्न सक्ने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिईन् ।

प्रतिक्रिया