दोहोरो नागरिकता लिएको अभियोगमा रुम्दाली पक्राउ

भिजन समाचार
410
Shares
सांकेतिक तस्वीर ।

दोहोरो नागरिकता लिएको अभियोगमा ओखलढुंगाबाट एक युवक पक्राउ परेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–८ निवासी ३९ वर्षीय दिपेश रुम्दाली राईलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईले श्रीमती मम्ता राई भन्ने आश्मा रुम्दाली राई समेतले झुटो विवरण पेश गरि दोहोरो नागरिकता लिएको मुद्दामा रुम्दाली फरार थिए ।

खोजतलासको क्रममा विहिबार रुम्दालीलाई प्रहरीले सिद्धिचरण नगरपालिका–११ बाट पक्राउ गरि ओखलढुंगा जिल्ला अदालत बाट ६ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । रुम्दाली उपर कानुन अनुसार आवश्यक अनुसन्धान भईरहेको प्रहरी नाउब उपरीक्षक केसीले जानकारी दिएका छन् ।