ओखलढुंगाको लिखु गाउँपालिका–४ को यसम माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई समाजसेवी मिलन बिष्टले विद्यालय ट्रयाकसुट सहयोग गरेका छन् ।
लिखु–९, पोकलीका युवा समाजसेवी बिष्टले विद्यालयका २६२ जना विद्यार्थी र २२ जना शिक्षकलाई गरी २८४ थान ट्रयाकसुट प्रदान गरेका हुन् । शैक्षिक सुधारमा योगदान पु¥याउने उद्देश्यले कक्षा १ देखि १२ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोशाक वितरण गरिएको छ ।
विष्टको सहयोगमा प्राप्त ट्रयाकसुट लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा मार्फत विद्यालयमा वितरण गरिएको थियो ।
पोकलीका उद्धव बिष्ट र यसम माविका शिक्षकको पहलमा विष्टले पोशाक सहयोग गरेका छन् । यस अघि पनि विष्टले लिखु गाउँपालिकाको अन्य विद्यालयहरुमा पोशाक सहयोग गरेका थिए ।
यसम माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर श्रेष्ठले समाजसेवी बिष्टद्वारा विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारका लागि गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीको मनोबल उच्च हुने र सिकाइमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् ।
बिष्टले करिब चार लाख बराबरको ट्रयाकसुट सहयोग गरेको बताईएको छ ।

प्रतिक्रिया