ओखलढुंगामा ३१ प्रतिशत रोपाइँ सकियो

भिजन समाचार
16
Shares

मध्य असार सम्ममा ओखलढुंगामा ३१ प्रतिशत धान रोपाइँ सकिएको छ । जिल्लामा तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म एक हजार १७८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

सबैभन्दा धेरै मोलुङ गाउँपालिकामा ४२ प्रतिशत र सबैभन्दा कम मानेभन्ज्याङ गाउँपालिकामा १० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यो समयमा अघिल्लो बर्षको तुलनामा नौं प्रतिशत कम रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख टिका बानियाले बताए । बानियाका अनुसार सिद्धिचरण नगरपालिकामा २५ प्रतिशत, चिशंखुगढीमा ३१, सुनकोशीमा २४, चम्पादेवी ३८, खिजीदेम्बामा ४१ र लिखु गाउँपालिकामा ३७ प्रतिशत धान रोपाइँ सकिएको छ ।

अघिल्लो बर्ष यो समयमा ४० प्रतिशत रोपाइँ भईसकेको थियो । यस बर्ष ३१ प्रतिशत मात्र रोपाइँ भएको हो । चाढो र पर्याप्त बर्षात नभएका कारण रोपाइँमा ढिलाई भएको केन्द्रले जनाएको छ ।