माध्यमिक शिक्षा परीक्षा एसईईमा संस्थागत विद्यालयतर्फ ओखलढुंगाको सनराइज इंलिस स्कुल रुम्जाटारका विशाल शर्मा जिल्लामै सर्वोत्कृष्ट भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार उनले ३.९१ जिपिए ल्याएर सर्वोत्कृष्ट भएका हुन् ।
जिल्लाभरको नतिजा अनुसार शर्मा सर्वोत्कृष्ट भएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्राविधिक सहायक विजयकुमार यादवले जानकारी दिए ।
यस्तै सामुदायिक विद्यालयतर्फ जाल्पा मावि गैरीगाउँकी छात्रा प्रज्ञा काफ्ले सर्वोत्कृष्ट भएकी छन् । उनले ३.८५ जिपिए ल्याएको इकाइले जनाएको छ ।
जिल्लामा कुल दुई हजार ३५ विद्यार्थीले परिक्षा दिएकोमा एक हजार ६५१ उतिर्ण भएका छन भने ३८४ विद्यार्थी नन् ग्रेडेड रहेका छन् ।
इकाईका अनुसार ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी १२२ जना छन् भने ३.२० देखि ३.६० जिपिए ५४७, २.८० देखि ३.२० जिपिए ल्याउने विद्यार्थी संख्या ६४१, २.४० देखि २.८० जिपिए ल्याउनेको संख्या ३१३ रहेको छ ।
यस्तै २ जिपिए देखि २.४० जिपिए ल्याउने विद्यार्थीको संख्या भने २८ जना रहेको इकाइले जनाएको छ । जिल्लामा ८१.१३ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।

प्रतिक्रिया